एलेप्पो!!

यहाँ सबथोक छ, र छैन पनि
यहीँ मैले पहिलो अक्षर कोरे,
सपनाहरूमा रंग भरे
अनि यहीँ, मनमा कुद्ने शावकहरुसङ उडे!

यीनै कोठाहरुमा मेरो संसार थियो
काला पाटीका ती अक्षरहरु सुनौला लाग्दै थिए,
अनि, यहीँ बुनिदैथियो स्मृतिको मिठो माला!

मलाई याद छ्न अझै
ती होहल्ला र कोलाहल,
ती फिस्स हासोहरु
भयले अँध्यारो भएको मुहार
र, आशुले रुझेका गाला!

अनि लाग्छ म यहीँ छु, र छैन पनि!
ती खित्काहरुमा,
ती होहल्ला र त्रासमा,
अनि खसेका आँसुहरुमा
मलाई याद छ,
बतासले सुस्तरी सुम्सुम्याइ गएको!

यो बार्दलीमा उभिरहदा, म देखिरहेछु
उजाडिएका गमलाहरु,
भत्किएका भर्र्याङ्,
उत्तानो परि ढलेका कुर्सी,टेबल, अनि चिप्लेटीहरु!

अब त,
यी भित्तामा कोरिएका चित्र पनि मेटिए छन
ति नामहरु पनि काला ध्वासाले छोपिए छ्न,
अनि सायद छोपियो होला ती मुहारहरु,
जसले यो सुन्दर बगैंचामा आखा लगाए?

हत्केलामा लागेको कालो खरानी
दुई औंलाले महसुस गर्दै बाहिर हेर्छु,
अनि देख्छु,
मौन साधनामा डुबेको यो संसार!

नाचिरहेको नेपाली देखे!

प्रत्येक चालमा,हरेक आत्मा भित्र एक नेपाली देखे
मुहारका हरेक छिद्रमा,सुवासित एक नेपाली देख

न त्यहाँ कुनै विभाजन थियो,बोली र प्रतिबिम्ब
हरेक लवजको ओज भित्र,छछल्किरहेको नेपाली देखे

न कुनै खम्बा नापिरहेथ्यो,उचाई त्यँहा अस्तित्वको
हृदयको झुकाइमा गौरवान्वित,हाँसिरहेको नेपाली देखे

न त्यहाँ कुनै अन्धकार थियो,परालको छानो भित्र
त्यो टुकिको मधुरो ज्योतीमा,चम्किरहेको नेपाली देखे

केही परिवर्तन त्यहाँ थियो,पहिरन र संस्कृतिको
तिनै सारीका सप्को भित्र,लजाइरहेको नेपाली देखे

हर छनकमा गरिमा थियो,श्रुति उहीँ शालीनताको
पुर्खाका अमर गाथा भित्र,संसारले वीर नेपाली देखे

आफ्नै प्रतिध्वनी,आफ्नै छन्दका अनन्त ताल भित्र
जीवनको अनुपम मृगस्थलीमा,नाचिरहेको नेपाली देखे!